२०८१ चैत्र १० गते आइतवार

सल्यानमा १४ वर्षिया बालिकालाई करणी, दुई युवा पक्राउ



२४ असार,सल्यान – सल्यानमा १४ वर्षिया बालिकामाथी जबरजस्ती करणी गरेको आरोपमा दुईजना युवा पक्राउ परेका छन् । जिल्लाको कुमाख गाउँपालिका १ शान्तीबजार निवासी १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जाजरकोटका दुई युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जारजरकोट भेरी नगरपालिका १२ का अन्दाजी २२ वर्षिय रमेश भण्डारी र २० वर्षिय डिल्ली बस्नेत रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याईउको प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताउनुभयो ।

प्रहरीकाअुनसार बुधबार राती ११ बजेको समयमा ती दुई जना युवाले जबरजस्ती करणी गरि फरार भएका थिए । बालिका आफ्नो घर नजिकै रहेको आफ्नो ठुलीआमाको घरमा सुत्न गएकी थिईन् । घरमै सुतेको स्थानमा पुगेर ति दुई जना युवाले जबरजस्ती करणी गरको परिवारले जनाएको छ । आरोपीत दुईजनालाई जाजरकोट स्थित घरबाटै पक्राउ गरेको हो ।।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्