२४ असार, घोराही –
प्रेस सेनानी सुशिल गौतमलाई लुम्बिनी प्रदेश सरकारले अग्रज पत्रकार पुरस्कार प्रदान गर्दै सम्मान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा काननु मन्त्रालयको आयोजनामा आज बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रेस सेनानी गौतमलाई एक लाख रुपैयाँ राशि सहित अग्रज पत्रकार पुरस्कार प्रदान गर्दै सम्मान गरिएको हो ।
आन्तरिक मामिला तथा काननु मन्त्री चेतनारायन आचार्यको अध्यक्षता तथा आर्थिक ममिला तथा योजना मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । यस्तै ५० हजार रुपैया राशिको श्रृजनशिल पत्रकारिता पुरस्कार प्रदेशका तिन जनालाई प्रदान गरिएको छ । बाँकेका अछरी पोखरेल, गुल्मीका जनार्दन घिमिरे, रुपन्देहीका मरोनप्रान्त हिक्मत चौधरीलाई सम्मान गरिएको हो ।
डिआर घिमिरेको संयोजकत्वमा केपी घिमिरे र बिमला चौधरी सदस्य रहेको पुरस्कार सिफारिस समितीले सम्मानका लागी प्रदेश सरकारलाई सिफारिस गरेको थियो ।।