२६ जेठ,घोराही- रोल्पाको लिबाङबाट दाङको घोराहीका लागि छुटेको जिप दुर्घटनामा परेको छ । शुक्रबार बिहान रोल्पाको लिबाङबाट दाङको घोराहीका लागि छुटेको जलजला हिमाल यातायातको रा १ ज ६३२ नम्बरको यात्रुवाहक जीप खुंग्रीको एक घरमा ठोक्किएर दुर्घटना हुन पुगेको हो ।
जीप चालक बसन्त थापाले ड्राइभिङ गरिरहेका बेला एक्कासि चक्कर आएको महसुस गर्दै जीपको ढोका खोलेर वाहिर निस्किएपछि जिप सिधै सडक नजिकै रहेको बलदेव सुवेदीको घरमा ठोकिन पुगेको प्रत्यक्षदर्शी स्थानीय हिमलाल बिष्टले बताए । घरको झ्यालमै जिप सिधै ठोकिएको थियो तर झ्यालको भित्रपट्टी भर्याङ रहेकाले भित्ता नभत्किए पनि चर्किएको छ। दुर्घटनामा दुईजना घाइते छन।
यसअघि पनि खुंग्रीमै स्कार्पियो जीप स्थानीय लाल बहादुर भुसालको घरमा पनि ठोक्किएको थियो । गाडीमा सवार ८ जना मध्य तिन जना घाइते भएकोमा एक जना यात्रुको खुट्टामा अलि गहिरो चोट लागेको हुनाले नेपालगञ्ज रिफर गरिएको बताइएको छ । लिबाङ बाट ८ जना यात्रु लिएर गएको जलजला हिमाल प्रालिका महासचिव तिरजपती बुढामगरले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ ।