२०८२ बैशाख १८ गते बुधवार

गंगादेव गाउँपालिका पुर्ण खोप पालिका घोषणा



२६ जेठ,रोल्पा- गंगादेव गाउँपालिकालाई पुर्ण खोप पालिका घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच गंगादेव गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको हो । सम्पुर्ण वडालाई पुर्ण खोप वडा घोषणा गरेपछि आज पालिकालाई पुर्ण खोप घोषणा गरीएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरहरीनाथ योगीले जानकारी दिनुभयो ।

गंगादेव गाउँपालिका खोप समन्वय समितिका संयोजक तथा गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला खोप समति अध्यक्ष तथा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्य रहनु भएको थियो ।

त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति रोल्पाका उप-प्रमुख कर्मलाल परियार, गाँउपालिका उपाध्यक्ष अमृता कुमारी केसी वली र जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदी रहनुभएको थियो ।

गंगादेव गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष प्रेमप्रकाश के।सी को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन वडा न.२ का सचिव धन बहादुर डागीले गर्नुभएको थियो ।

कार्यक्रममा सम्पुर्ण वडाका स्वास्थ्यकर्मिहरु, स्वास्थ्य स्वयंसेविकाहरु, स्वास्थ्य आमा समुह, लगाएतको सहभागिता रहेको थियो । गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले पुर्णखोपलाई निरन्तर रुपमा सम्पन्न र सफल गर्नको निमित महिला स्वास्थ्य स्वयमसोविकाहरुको ठुलो भुमिका रहेको भन्दै धन्यवाद दिनुभयो ।

उहाँले आगामी दिनमा पनि नयाँ जन्मेका बालबालिकाहरुको खोजि गरि पुर्ण खोप दिन दत्तचित भएर लाग्न गाउपालिका भित्रका स्वाथ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्