२०८१ असार ६ गते बुधवार

दाङमा १६ दिने शिशुको शव सेफ्टी टंकीमा फेला



२५ जेठ ,घोराही – दाङमा शौचालयको सेफ्टी टंकीमा नवजात शिशुको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी १५ बर्षिया आमाले जन्माएको १६ दिने शिशुको शव सेफ्टी टंकीमा फेला परेको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

शिशुलाई ओच्छ्यानमा छोडेर आमा शौचालय गएको र शौचालय बाट फर्किने क्रममा ओच्छ्यानमा शिशु नदेखेपछी छिमेकीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

शिशु खोज्ने क्रममा सेफ्टी टंकीमा शव फेला परेको थियो । प्रहरीले अनुसन्धानका लागी शिशुको आमालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानपछी घटनाको पूर्ण विवरण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्