२०८१ माघ ७ गते सोमवार

कोरोना संक्रमणबाट एकै परिवारका तीनजनाको मृत्यु



२५ जेठ,धनकुटा –
कोरोना भाइरस संक्रमणका कारण धनकुटामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ६ बीचबजारका एकै परिवारका आमा, छोरी र छोराको मृत्यु भएको हो ।

मंगलबार मृत्यु भएका ६४ वर्षीय विश्वप्रकाश श्रेष्ठकी ९४ वर्षिया आमा सौभाग्यदेवीको गत साता मृत्यु भएको थियो । यसअघि विश्वप्रकाशकी दिदी विजयाश्रीको पनि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनीहरु सबैको एक महिनाको अवधिमा मृत्यु भएको छ । मृतक विश्वप्रकाशको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्