२५ बैशाख,सल्यान । अक्सिजन र बेड नपाउँदा सल्यानमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ निवासी ४९ बर्षिय पुरुषको अक्सिजन र बेड नपाउदा मृ’त्यु भएको हो । केहिदिन देखि बिरामी भएका ती पुरुषलाई दाङ घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएराती १२ बजे उपचारका लागि एम्बुलेन्समा आफन्तले पुर्याएका थिए ।
आज बिहान १० बजेसम्म ती पुरुषलाई अस्पतालले भर्ना नगरेपछि आफन्तले पुनः सल्यान फिर्ता ल्याएका थिए । बेड अभावका कारण प्रतिष्ठानले भर्ना गर्न नमानेको मृतकका आफन्तले बताएका छ्न । ‘हामिले भर्ना गर्न धेरै प्रयास गर्यौ तर अस्पतालले भर्नानै गरेन’ आफन्तले भने ।
ती पुरुषको अबस्था गम्भीर बन्दै गएका कारण उनलाई सल्यान ल्याउदै गर्दा बाटोमा नै मृ’त्यु भएको हो। छत्रेश्वरी गाउँपालिकाको भोटेचौरमा रहेको आइसोलेशन सेन्टरको प्राङ्गणमा ती पुरुषलाई ल्याउना साथ डाक्टरले मृत घोषणा गरेका हुन ।
मृतक पुरुषको एन्टिजेन द्वारा परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएको भोटेचौर आइसोलेशनमा रहेका डाक्टर प्रोशेष सिंहले बताए । डाक्टर सिंहले भने, ‘उहाँलाई हामिले अक्सिजन लगाएर उपचार गर्न नै पाएनौं । उहाँको बाटोमानै मृत्यु भैसकेको रहेछ । अहिले कोरोना पोजेटिभ देखियो ।’
मृतकको शव अहिले एम्बुलेन्समै राखिएको छ। शव ब्यबस्थापन गर्न सबुज गण सिमखर्कबाट नेपाली सेनाको टोलि भोटेचौर जाँदै गरेको बताइएको छ।