२०८१ जेष्ठ ५ गते शनिवार

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सबै दललाई कांग्रेसको आग्रह



२५ बैशाख,काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रतिनिधिसभामा राख्न लागेको प्रस्ताव असफल बनाउने निर्णय गरेको छ ।

शनिबार नयाँ बानेश्वरस्थिति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो ।

‘बैठकले प्रतिनिधिसभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान भएको छ ।

त्यस्तै, कांग्रेसले विश्वासको मतको विपक्षमा मत दिन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आग्रह गरेको उनले जानकारी दिए ।

यस्तै, बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ । खबरहबबाट

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्