२०८१ असोज १९ गते शनिवार

दाङमा लकडाउन उल्लघंन गर्ने ४ सय ३६ जना होल्डमा



२५ बैशाख,घोराही । दाङ प्रहरीले शनिवार निषेधाज्ञा उल्लघंन गर्ने ४ सय ३६ व्यक्ति सहित २ सय ४६  सवारी साधनलाई होल्डिङ गरेको छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने ३६५ पुरुष र ७१ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुुभयो ।

त्यसैगरि शनिबार निषेधाज्ञा उल्लंघन गर्ने १३४ वटा दुई पाङ्ग्रे र ११२ वटा चार पाङ्ग्रे सरकारी तथा निजी गाडीलाई होल्ड गरिएको हो । नियम उल्लघंनलाई एक घण्टा होल्डिङ गरेर सचेत बनाएर छोडिएको सुचना अधिकारी रिजालले बताउनुुभयो । जिल्ला प्रशासन कार्यालय दाङले वैशाख १७ गते रातिदेखि जेठ १ गते बेलुकी छ वजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्