२०८१ साउन ५ गते शनिवार

वादलको तुलना खिमलालसँग हुन सक्दैन:मुख्यमन्त्री पोखरेल



२५ बैशाख,घोराही । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले  गृहमन्त्री राम बाहादुर थापा बादलको तुलना खिमलाल देवकोटासँग नहुने बताएका छन् । शनिवार सामाजिक सञ्जालमार्फत पोखरेलले सो कुरा बताएका हुन् । उनले माधवकुमार नेपालको तुलना बादलसँग हुन नसककेको जस्तै बादलको तुलना पनि खिमलाल देवकोटासँग हुन नसक्ने बताएका छन् ।

उनले भनेका छन् – ‘जसरी माधव कमरेडको तुलना वादल कमरेडसंग हुदैन भनेर हामी भन्छौ, त्यसरी नै वादल कमरेडको तुलना खिमलाल देवकोटासंग हुनै सक्तैन । मनन गरौ।’ यही जेठ ६ गते वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदैछ । यसैका लागि नेकपा एमालेका रामबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उक्त उपनिर्वाचनका लागि एमालेका माधव नेपाल पक्षका खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्