२०८२ बैशाख १८ गते बुधवार

आज कांग्रेस संसदीय दलको बैठक बस्दै



२५ बैशाख,घोराही । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको बैठक आज दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदबाट विश्वासको मत लिने अवस्थामा सोही विषयमा बैठकमा छलफल हुने एक नेताले जानकारी दिए । यद्यपी नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ ।

यसविचमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा९एमाले०का नेताहरु मधवकुमार नेपाल र भीम रावल लगायतलाई भेटिसकेका छन् ।

आजको बैठकमा देउवाको पछिल्लो राजनीतिक भेटघाटको सम्बन्धमा पनि छलफल हुने स्रोतले बतायो ।

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्