२०८१ साउन ३ गते बिहिवार

पत्रकार महासंघ दाङमा कडा प्रतिस्पर्धाका विच केसीको जित



२६ चैत्र,घोराही।
नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा कडा प्रतिस्पर्धाका विचमा दुर्गालाल केसी निर्वाचित हुनुभएको छ । केसीले उहाँका निकटम प्रतिस्पर्धी लक्ष्मी आचार्यलाई ११ मतलेपछि पार्दै जित हात पार्नुभएको हो । केसीका निकटम प्रतिस्पर्धी आचार्यले १ सय २४ मत प्राप्त गर्नुभएको हो भने १ सय ३५ मत सहित केसीले नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्व हात पार्नु भएको छ ।अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्