२०८१ साउन ३ गते बिहिवार

पत्रकार महासंघ दाङ अपडेट : अध्यक्षमा केसी र आचार्यको कडा प्रतिष्पर्धा



२६ चैत, दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको बुधबार भएको निर्वाचनको मत गणना जारी रहेको छ । बिहान करिव पौने नौ बजेबाट सुरु भएको मत गणनामा यो समाचार तयार पार्दासम्म २१३ मत गणना भइसकेको छ । अहिले अध्यक्ष पदका उमेदवार दुर्गालाल केसीले १०७ मत प्राप्त गर्नुभएको छ भने लक्ष्मी आचार्यले १०२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्ष पदका उम्मेदवार सन्तोष सुवेदीले एक सय ३२, ओपेन्द्र बस्नेतले ७७ महिला उपाध्यक्ष बसुन्धरा गौतमले एक सय ४२ र रञ्जिता शर्माले ६७ मत प्राप्त गरेको संयोजक गौतमले जानकारी दिनुभएको छ ।

यसैगरी सचिव पदका लागि आरके शितलले एक सय ३१ मत प्राप्त गर्नुभएको छ भने गोकर्ण पौडेलले ७५ मत ल्याउनुभएको छ । यस्तै कोषाध्यक्ष पदका लागि शरद रेग्मीले एक सय ११ र प्रेम विवस घर्तीले ९० मत प्राप्त गर्नुभएको छ ।

सहसचिव पदका लागि दामोदर बस्नेतले एक सय ४,दशरथ घिमीरेले एक सय १, समाबेसीमा दिप्ती शिखाले एक सय ३ र देवी भण्डारीले एक सय ३ समान मत प्राप्त गरेको संयोजक गौतमले जानकारी दिनुभएको छ । अब ५० मत गणना गर्न बाकि रहेको छ । दाङमा २७६ मतदाता रहेकोमा २६३ मत खसेको थियो ।।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्