२६ चैत, दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको बुधबार भएको निर्वाचनको मत गणना जारी रहेको छ । बिहान करिव पौने नौ बजेबाट सुरु भएको मत गणनामा यो समाचार तयार पार्दासम्म १४१ मत गन्दा अध्यक्ष पदका उमेदवार दुर्गालाल केसीले ७८ मत प्राप्त गर्नुभएको छ भने लक्ष्मी आचार्यले ६३ मत प्राप्त गर्नुभएको छ । अब १ सय २२ मत गणना हुन बाँकी रहेको छ । दाङमा २७६ मतदाता रहेकोमा २६३ मत खसेको थियो ।।
प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार