२०८१ असोज २५ गते शुक्रवार

पत्रकार महासंघको चुनाव– अधिकांश स्थानमा प्रेस युनियन र प्रेस संगठनको प्यानल विजयी



२६ चैत,काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधवार भएको चुनावमा अधिकांश स्थानमा कांग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन लगायतका संगठनको संयुक्त प्यानल विजयी भएको छ ।

केन्द्रीय पदाधिकारीको भने अन्तिम नतिजा आइसकेको छैन । अधिकांश जिल्लाको मतगणना सम्पन्न भइसक्दा अध्यक्षमा प्रेस चौतारीकी निर्मला शर्माभन्दा युनियन र प्रेस संगठनको संयुक्त प्यानलका उम्मेदवार विपुल पोखरेलले फराकिलो अग्रता हासिल गरेका छन् ।

महासचिवमा पनि संयुक्त प्यानलका रोशन पुरी अग्रस्थानमा छन् । ललितपुरमा प्रेस संगठनका सागर न्यौपाने विजयी भएका छन् । धनुषामा प्रेस संगठनकै मनिका झा विजयी भएकी छिन् ।

महोत्तरीमा युनियनका कमलेश मण्डल विजयी भएका छन् । सिरहामा जसपानिकट प्रेस मञ्चको मनोर बनैता विजयी भएका छन् । रौतहटमा माधव नेपाल पक्षीय प्रेस चौतारीका प्रेम चन्द झा विजयी भएका छन् ।

रामेछापमा युनियनका बद्री नयाँघरे विजयी भएका छन् भने धादिङमा प्रेस चौतारी माधव नेपाल पक्षका राजाराम शर्मा विजयी भएका छन् । धादिङमा प्रेस चौतारी, प्रेस संगठन र प्रेस मञ्चले चुनावी तालमेल गरेका थिए ।

रुपन्देहीमा २ दशकपछि कांग्रेसनिकट प्रेस युनियनका रामराज पोखरेल विजयी भएका छन् ।कास्कीमा युनियनकी विमला भण्डारी विजयी भएकी छन् ।

लोकान्तर डट कमबाट

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्