२६ चैत,रोल्पा ।
नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्षमा नविन रोका मगर निर्वाचित हुनुभएको छ । महासंघ रोल्पाको बुधबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी माधवकुमार वलीलाई २० मतले पछि पार्दै रोकामगर ४७ मतका साथ बिजयी हुनुभएको हो । प्रतिद्वन्द्वी वलीले २७ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा सन्तोष शर्मा ४५ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी हर्कबहादुर घर्तीले ३० मत प्राप्त गर्नुभएको छ । त्यस्तै महिला उपाध्यक्षमा खुबिना सुनारी मगर ४६ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी प्रतिज्ञा बुढामगरले २९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सचिवमा लोकेन्द्र चन्द निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी बिमलराज डाँगीलाई १३ मतले पछि पार्दै चन्द ४१ मतका साथ निर्वाचित हुनुभएको हो ।
प्रतिद्वन्द्वी डाँगीले ३१ म्त प्राप्त गर्नुभएको छ । त्यस्तै समावेशी सहसचिवमा रेशम बिक ४९ मतका साथ बिजयी हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी प्रतिभा सुनारले २५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै खुल्ला सहसचिवमा भिमकुमार वली ४५ मतका साथ बिजयी हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी चित्रबहादुर झाँक्रीमगरले २९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी कोषाध्यक्षमा उमा केसी ४७ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी मनोज पुनले २७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै महिला सदस्यामा हिमाली खड्का ४४ मतका साथ निर्वाचित हुनुभएको छ । दलित सदस्यमा टेकबहादुर बिक ४६ मतका साथ निर्वाचित हुनुभएको छ । आदिवासी जनजाति सदस्यमा सुनसरी बुढा निर्विरोध हुनुभएको थियो ।
त्यस्तै अन्य सदस्यहरुमा जुनिसकुमार विष्ट, ऋषिकेश डाँगी, नरेश आचार्य, बुद्धिमान वली, लोकेन्द्र सेन, शर्मिला बिक निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक काँशीराम डाँगीले जानकारी दिनुभयो ।
त्यसैगरी राष्ट्रिय परिषद सदस्यमा मनोजकुमार घर्ती मगर र मौसम रोका निर्वाचित हुनुभएको छ भने कविता उपाध्याय निर्विरोध निर्वाचित हुनुभएको हो ।
त्यसैगरी प्रदेश परिषद सदस्यमा टेकम वली , तुलबहादुर डाँगी, भरत नेपाली, मानसिंह विश्वकर्मा निर्वाचित हुनुभएको छ । प्रदेश परिषद सदस्यमा स्मृति रोका निर्विरोध निर्वाचित हुनुभएको हो । पत्रकार महासंघ रोल्पामा ७८ मत रहेकोमा ७५ मत खसेको हो ।