२४ फागुन,घोराही – स्वतन्त्र पत्रकार संघ नेपालको ११ औं स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम भएको छ । स्वतन्त्र पत्रकार संघ दाङ शाखाको आयोजनामा आज तुलसीपुरमा सरसफाई गरिएको हो ।
आफ्नो ठाउँलाई आफै सफा राखौ भन्ने उद्देश्यले बसपार्क क्षेत्रको सरसफाइ गरिएको संघले जनाएको छ । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष जितसागर जि.एमले सार्वजनिक स्थलमा हुने फोहर व्यस्थापनमा कसैको ध्यान नपुगेको भन्दै सचेतना दिनको लागि सरसफाइ कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा संघका उपाध्यक्ष पुरुषोतम अधिकारीले बसपार्क क्षेत्रमा धेरै फोहर हुने भएकाले हप्ता हप्तामा सबै मिलेर सरसफाई गर्न आवश्यक रहेको बताउनुभयो । आफु बस्ने स्थान आफै सफा गर्ने र सरसफाइ सबैका लागि राम्रो कुरा भएकाले बिशेष ध्यान दिन सबैमा आग्रह गर्नु भएको छ ।
त्यस अवसरमा नेपाल यातायत स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशवबहादुर भण्डारीले राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियोे । कार्यक्रमको सहजीकरण स्वतन्त्र पत्रकार संघ दाङका सचिव बसन्त पौडेलले गर्नु भएको हो ।।