२०८० फाल्गुन १२ गते शनिवार

श्रमिक महिला दिवसको अवसरमा दाङका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न




२४ फागुन,घोराही- ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२२ को अवसरमा दाङका विभिन्न स्थानमा कार्यक्रम गरिएका छन् । जिल्लास्थित विभिन्न संघसंंस्था, अधिकारकर्मी, प्रहरी, प्रशासन लगायतको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईको हो । घोराहीमा आज आयोजित कार्यक्रममा महिला हकअधिकार र उपलब्धि सस्थागत गर्नका लागि एक हुनुपर्ने वक्ताहरुले जोड दिएका छन् । उनीहरुले महिलामाथि हुने विभेद, लान्छना र पितृसत्तात्मक साँेचको उपज भएको भन्दै उनीहरुले समृद समाज र देश निर्माणका लागि सकारात्मक सोचको विकास हुन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले महिलाहरुको श्रमको सम्मान हुनुपर्ने बताउनुुभयो । घरमा बिहानदेखि साझसम्म काम गरेर घर व्यवहार चलाउने महिलाको श्रमको सम्मान हुने अबस्था निर्माण हुन सके महिलामाथि हुने बिभेदमा कमि आउने उहाँको भनाई थियो । नेकपा एमालेका पोलिटव्युरो सदस्य शान्ता चौधरीले राज्यका हरेक निकायका उपस्थिति हुनुभनेको महिलाहरुको उपलब्धि भएको बताउनुुभयो । उहाँले राज्यका हरेक तहमा सम्मान जनक उपस्थिति भने हुन नस्केको बताउनुभयो ।

११२ औं अन्तर्राष्ट्रिय महिला दिवस आयोजक समितिका संयोजक तथा सिसा नेपालकी अध्यक्ष साजिदा सिदिकीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासघका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्का, नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल, अन्तरपार्टी महिला सन्जाल दाङका पुर्व अध्यक्ष साबित्रा राना, नेपाल पत्रकार महासघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग थापालगायतले महिला र पुरुषलाई समान अधिकार दिएकाले पाएको अधिकारको उपयोग गर्नका लागी महिलाहरु अघि बढनुपर्ने बताउनुभयो ।

कार्यक्रममा निर्मला थापा, रचना कुमालले महिला अधिकार सम्बन्धि गीत, मुक्तकलगायतका रचना प्रस्तुत गरेका थिए । महिला मानव अधिकार रक्षकहरुको सन्जालका जिल्ला संयोजक सुशीला पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका महिला तथा बालबालिका शाखाकी कल्पना योगीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्