२०८१ जेष्ठ ३१ गते बिहिवार

कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम



दाङ, २४ फागुन : दाङको स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका ९ स्थानीय तहमध्ये राप्ती पहिलो नम्बरमा देखिएको हो ।

राप्तीले ७ दशमलव ७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङले जानकारी दिनुभयो ।

प्रतिवेदनमा बंगलाचुली गाउँपालिकाले ५४ दशमलव ३९, घोराही उपमहानगरपालिकाले ६० दशमलव ८८, तुलसीपुर उपमहानगरपालिकाले ६४ दशमलव ४१, शान्तिपुर गाउँपालिकाले ७० शलमलव ३०, बबई गाउँपालिकाले ५८ दशमलव ९८, दगीशरण गाउँपालिकाले ५९ दशमलव ३२, गढवा गाउँपालिकाले ४७ दशमलव ९८ र राजपुर गाउँपालिका ४५ दशलमलव ५१ अंक पाएका छन् ।

जिल्लामा सबैभन्दा कम राजपुर गाउँपालिकाले ४५ दशमलव ५१ अंक पाएको छ । यही मूल्याङ्कनका आधारमा आयोगले आव २०७९÷८० का लागि यसङ्घबाट स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ ।

आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अंक र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार सघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्