२०८० फाल्गुन १२ गते शनिवार

बलात्कार आरोपमा शिक्षक पक्राउ



२४ फागुन,अर्घाखाँची —
किशोरीमाथि बलात्कार आरोपमा एक विद्यालयका शिक्षक पक्राउ परेका छन् ।

प्रलोभनमा पारेर किशोरीलाई जंगलमा लगेर करणी गरेको आरोपमा आइतबार शिक्षकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

प्रहरीका अनुसार शिक्षकमाथि जबर्जस्ती बारम्बार करणी गरेको आरोप लागेको छ । गत फागुन १९ गते गृहकार्य गरिदिन्छु भन्दै किशोरीलाई घरनजिक बोलाएपछि फकाएर जंगलमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्