२०८१ जेष्ठ ३१ गते बिहिवार

आउँदो शनिवारदेखि १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने



२४ फागुन, घोराही ।
आउँदो शनिवारदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले दाङ सहित १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ ।

१० जिल्लाका १ सय १४ स्थानीय तहका ६२ लाख ६३ हजार जनालाई औषधि खुवाइने छ । यसका लागि चार हजार ७ सय स्वास्थ्यकर्मी र आठ हजार ८ सय महिला स्वास्थ्य स्वयंसेविकाले बुथ र घरघरमा गएर औषधि खुवाउने छन् ।

यो सामान्य नै भएकाले नआत्तिन स्वास्थ्यकर्मीको सुझाव छ । यस्तै, यो औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा भने खान नहुँने जनाइएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्