२४ फागुन,घोराही/
१ सय ११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ दाङले बिभिन्न क्षेत्रमा कृयाशिल १० जनालाई सम्मान गरेको छ । अखिल नेपाल महिला संघ दाङका अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रशिक्षण बिभागका प्रमुख मेनका पोख्रेल रहनुभएको थियो ।
कार्यक्रममा द्धन्द पिडित भौनी चौधरी, मुस्लिम अखतरी ईद्रिसी आपाङ्ग पार्बती परियार, जनजाती रचना कुमाल, मजदुर बसन्ती कुमाल, मधेसी निर्मला गुप्ता, अपाङ्ग निसा खातुन र राजनीतिमा योगदान पु¥याउने अखिल नेपाल महिला संघ कि पुर्ब अध्यक्ष हिरा पुनलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले मुलुकले हासिल गरेका हालसम्मका उपलब्धिलाई रक्षा गर्दै लैङ्गिक उत्तरदायी हिसाबले शासन पद्धतिलाई स्थानीय तहदेखि नै संस्थागत गरी अगाडि बढेमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्न सकिने बताउनुभयो ।
नेकपाका केन्द्रिय सदस्य तुलसा केसी, जिल्ला सचिब मनोहर बुढाथोकी, सम्मान पाउनेको तर्फबाट हिरा पुनले शुभकामना मन्तब्य राख्नुभएको थियो । जिल्ला सदस्य बिष्णु कालाथोकीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला सचिब साजिदा सिद्धिकीले गर्नुभएको थियो ।।