२४ फागुन,घोराही ।
जिल्ला प्रहरी कार्यालय दाङले कलेन पढ्ने बिध्यार्थीहरुलाई लक्षित गरि जाँच अभियान शुरु गरेको छ । जिल्लामा दुर्घटना न्युनिकरण गर्नका लागि बिध्यार्थी लक्षित एम्वुसिङ अभियान सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको दर वृद्धि हुन नदिन र चालक अनुमतिपत्र विना सवारी साधन चलाउने विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले बताउनुभयो ।
चेक जाँचको क्रममा सवारी चालक अनुमतिपत्र विना सवारी साधन चलाउने एक दर्जन सवारी साधनलाई नियन्त्रणमा लिइएको डिएसपी रिजालले बताउनुभयो । कलेज लक्षित अभियान १ महिना सम्म सञ्चालन गरिने र सुधार नआए अभियान थप गरिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।