२४ फागुन,घोराही । छोरी शिक्षामा जोड दिदै तुलसीपुर उपमहानगरपालिकाले आज परेको १ सय ११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा किशोरीहरुलाई साईकल वितरण गरेको छ । महिला बालबालिका तथा सामाजिक बिकास शाखाले एक कार्यक्रमको आयोजना गरी बिद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेको हो ।
तुलसीपुर क्षेत्रका सामुदायिक बिद्यालयमा कक्षा ८ देखी १२ सम्म अध्ययनरत ५४ जना छात्रालाई पहिलो चरणमा साईकल दिईएको हो । घण्टौ समय पैदल हिडेर बिद्यालय सम्म पुग्ने किशोरीहरुको छनोट गरी साईकल वितरण गरिएको हो । साईकल हस्तान्तरण नगर प्रमुख घनश्याम पाण्डेले गर्नु भएको हो ।
‘यस क्षेत्रका विभिन्न संघसंस्थाको सहयोगमा हामीले यस्तो कार्यक्रम अगाडी वढाएको हौं’ नगरप्रमुख पाण्डेले भन्नुभयो। साईकल चढ्ने मान्छेप्रति सम्मानजनक व्यवहार अहिले पनि हुन नसकेको भन्दै अभियानले नयाँ सन्देश प्रवाह गर्नेमा विस्वस्त रहेको समेत उहााले जानकारी दिनुभयो ।
‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ ¥यालीको आयोजना गरिएको हो । समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा काम गर्ने महिलाहरुले सुरु गरेको आन्दोलनको संझनामा यो दिवस मनाउने गरिन्छ ।