२०८१ माघ ५ गते शनिवार

दाङमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु



२४ फागुन,घोराही । देउखुरीमा वस र मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनापरी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

आइतवार राति करिब दश बजे पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल लमही नगरपालिका-८ उचानिम्बुको घुम्तीमा एक आपसमा ठोक्किएका थिए ।

मोटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापा र सोही ठाउँ निवासी ३० बर्षिय तिलक थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । प्रकाशको लमही अस्पतालमा र तिलकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । वस र चालक प्रहरीको नियन्त्रणमा छन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्