२०८१ चैत्र ११ गते सोमवार

दोस्रो विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टारलाई



२६ माघ, घोराही – दाङको घोराहीमा भएको दोस्रो विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टारले हात पारेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक बि.एफ.एल.क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै राइजिङ स्टारले दोस्रो विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।

निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो हाफमा बराबरी खेलको दोस्रो हाफको २२ मिनेटमा राइजिङ स्टारका आशिष पुनमगरले एक गोल गरेर आफ्नो समुहलाई उपाधि दिलाएका हुन् ।

त्यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बिएफएलका सुमित पुन मगर, उत्कृष्ट डिफेन्डर बि.एफ.एल.क्लबका सुबास थारु, उत्कृष्ट गोल किपर राइजिङ स्टारका राहुल मुखिया,  उत्कृष्ट मिडफिल्डर बि.एफ.एल.क्लबका प्रमोद बुढा मगर र सर्वाधिक गोल गर्नेमा राइजिङ स्टारका मिलन आले घोषणा भएका थिए ।

माघ ११ गतेबाट सुरु भएको प्रतियोगितामा विजेता हुने राईजिङ स्टारले नगद रु २ लाख २२ हजार २ सय २२ रुपैयाँ ट्रफी, मेडल र प्रमाण–पत्र र उपविजेता बि.एफ.एल.क्लबले नगद रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्