२०८१ चैत्र ११ गते सोमवार

प्याब्सन घाेराही किड्स ओलम्पियाड सम्पन्न



२६ माघ,घाेराही- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित किड्स ओलम्पियाड बेल्झुण्डी रङ्गशालामा शनिबार सम्पन्न भएकाे छ । प्याब्सन घाेराहीले पहिलाे पटक सञ्चालन गरेकाे प्रथम प्याब्सन घाेराही किड्स ओलम्पियाड २०८१ मा ३२ ओटा विद्यालयका झण्डै २ हजार विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख नारायण प्रसाद पाैडेलकाे प्रमुख आतिथ्यतामा आयाेजित किड्स ओलम्पियाडमा विद्यार्थीहरुले एकसाथ राष्ट्रिय गीतमा नृत्य गरेका थिए । निकै नै राेमाञ्चक प्रस्तुतिकासाथ विद्यार्थीले आफ्ना विद्यालयकाे व्यानर र झण्डासहित ड्रमसेटका मार्चपास समेत  गरेका थिए ।

कूल पाँचवटा इभेन्ट प्रस्तुत गरिएकाे ओलम्पियाडमा ३ वटा इभेन्टहरु कक्षागत रहेकाे थियाे ।कक्षा एलकेजीका विद्यार्थीहरु बेलुन ब्लास्ट, कक्षा युकेजीका विद्यार्थीहरु टिसर्ट एक्स्चेन्ज र कक्षा एकका बिद्यार्थीहरु ५० मिटर दाैडमा सहभागी भएका थिए । ओलम्पियाडमा कूल सहभागी ३२ ओटा विद्यालयलाई ४ ओटा समुहमा विभाजन गरि एकसाथ कार्यक्रम सञ्चालन गरिएकाे थियाे । कार्यक्रमकाे उद्घाटन समाराेहमा बाेल्दै प्रमुख अतिथि सामाजिक विकास महाशाखा घाेराहीका प्रमुख नारायण प्रसाद पाैडेलले बालबालिकाकाे क्षमता प्रस्फुटन गर्न प्याब्सन घाेराहीले अग्रणी भूमिका खेलेकाेमा प्रशंसा गर्नुभयाे ।

पाैडेलले यस्ता कार्यक्रमबाट बालबालिकाहरुकाे क्षमता विकास हुने भन्दै अभिभावकहरुले पनि उनीहरुकाे प्रतिभा उजागर गर्न प्रेरित गर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य केशब थापाले यस्ता कार्यक्रमले बालबालिकालाई अगाडि बढ्न प्राेत्साहित गर्ने बताउनुभयाे । यसैगरी, अर्का वक्ता प्याब्सनका पूर्व केन्द्रीय सदस्य जीवन कुमार आचार्यले किड्स ओलम्पियाडले बालबालिकालाई आफ्नाे लक्ष्य निर्धारण गर्न उत्प्रेरित गरेकाे बताउनुभयाे ।

कार्यक्रममा  प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष अमर सुवेदी, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष एवम् प्याब्सन घाेराही नगरका प्रमुख सल्लाहकार विरेन्द्र चन्द, अन्तरपालिका प्याब्सन दाङका संयाेजक गिरिराज डाँगी र घाेराही उपमहानगरपालिकाका खेलकुद विकास समिति संयाेजक नरेन्द्र पुनलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । प्याब्सन घाेराहीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रमकाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्