२६ माघ, घोराही–प्रेस सेन्टर नेपाल घोराही शाखाको पहिलो बैठक सम्पन्न भएको छ । घोराही नगरका अध्यक्ष हेमराज परिवर्तनको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य एवं घोराही नगर इन्चार्ज तुल्सी डाँगी (मिलन) को प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । शनिबार बसेको बैठकले पदाधिकारी र सदस्यको १९ वटै वडामा कार्य क्षेत्र विभाजन गरेको छ ।
जसमा अध्यक्ष परिवर्तनलाई घोराही ७ र ८ नम्बर वडा, उपाध्यक्ष वर्षा मगरलाई वडा नम्बर १९, अर्का उपाध्यक्ष विष्णु गोराथोकीलाई वडा नम्बर १५ को जिम्मेवारी दिईएको हो । यस्तै, सचिव सुविनराज सेर्पाइलीलाई घोराही १ , २, ३ र ८ नम्बर वडा, सहसचिव रमन शर्मालाई ५ र ६ नम्बर वडा, अर्का सहसचिव अमृता डाँगीलाई वडा नम्बर १० को जिम्मेवारी प्रदान गरिएको छ ।
यस्तै सदस्य मनोज बुढा मगरलाई वडा नम्बर १४, हरि केसीलाई वडा नम्बर १६ , नविन गौतमलाई वडा नम्बर १७, राम कुमार दाहाललाई वडा नम्बर ११ र १२, प्रज्वल खड्कालाई १३ नम्बर वडा र असिमा घर्तिमगरलाई ४ नम्बर वडाको जिम्मेवारी दिईएको हो । यस्तै आजको बैठकले पत्रकारहरुको क्षमता विकासका लागि तालिम संचालन गर्ने, संगठनमा अक्षकोषको निमार्ण गर्ने लगाएतका प्रस्तावहरु पारित गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी डाँगीले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
यस्तै बैठकमा उपस्थित नेकपा माओवादी केन्द्र घोराही नगर अध्यक्ष खिम बहादुर चौधरी (अटल)ले समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै बैठकका अध्यक्ष परिवर्तनले सेन्टर नगर समितिले आगामी दिनमा पनि सकारात्मक र प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । दास्रो अधिवेशन सम्पन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सहजिकरण सचिव सुविनराज सेर्पालीले गर्नुभएको थियो ।।