२०८१ मङ्सिर १६ गते आइतवार

लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठक: यस्ता छन् निर्णय



२५ माघ,घोराही –
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । जसअनुसार प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरवन्दीहरु २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना प्रविधि प्रतिष्ठानको अस्थायी दरबन्दीहरु २०७९ सालको असारसम्मको लागि स्वीकृत गरेको गर्ने निर्णय पनि भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिनुभयो ।

यस्तै कानून महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७८ को अनुसूची हेरफेर स्वीकृती गर्ने निर्णय भएको छ भने कृषि खाद्य प्रविधि तथा भूमी व्यवस्थापन मन्त्रालय प्रस्तावमा स्मार्ट कृषि गाँउ कार्यक्रम सञ्चालन(पहिलो संशोधन) कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरि शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा प्रदेश खेलकुद विकास ऐन २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय पनि भएको संयोजक विश्वकर्माले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्