२६ माघ,घोराही ।
दाङमा मोटरसाईकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । तुलसीपुरबाट सोमबार साँझ घोराही तर्फ आउदै गरेको लु ५६ प ९७१७ नम्बरको मोटरसाईकलले हेमन्तपुर नजिकै चौखोलामा ठक्कर दिदा तुलसीपुर उपमहानगरपालिका वडा न.१९ निवासी ७६ बर्षीय डिलबहादुर बुढाथोकीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाईते भएका वुढाथोकीको उपचारका लागि तुलसीपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार