२०८२ बैशाख १० गते मङ्गलवार

अब ट्रायल फेल भएकाले पाउँने भए १८ महिना मौका



२६ माघ,काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) को समयावधि बढाएको छ ।

विभागले यसअघिको सवारी साधनको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको तीन महिनाभित्र तीन पटक ट्रायल दिन पाउने व्यवस्थालाई बढाएर अधिकतम १८ महिना पुर्याएको हो ।

आइतबार एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको र सो बमोजिम हुने गरि विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ्ग लाइसेन्स एण्ड भेइकल रजिष्ट्रेसन सिस्टम ९ईडीएलभीआरएस० मा समेत अद्यावधिक गरि ट्रायल परीक्षाको समयावधि बढाइएको जनाएको छ ।

कोरोनाका कारण लामो समयदेखि लिखित परीक्षा पास गरेर ट्रायल परीक्षाका लागि रोकिरहेका सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर विभागले यस्तो निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

योसँगै अब नयाँ लाइसेन्सका लागि आवेदन दिने परीक्षार्थीले लिखित पास गरेर ट्रायल फेल भएको खण्डमा अधिकतम १८ महिनासम्म पुनः ट्रायल दिन पाउने भएका छन् ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्