२०८१ चैत्र १० गते आइतवार

अध्यापन अनुमति पत्र लिएका हजारौं विद्यार्थी मर्कामा



 

२६ माघ,काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका निर्माण गरी समयमा विज्ञापन खुलाउन नसक्दा अध्यापन अनुमति पत्र लिएर बसेका हजारौं विद्यार्थी मर्कामा परेका छन् ।

पदपूर्तिका लागि तथ्यांक पठाउने समयसीमा ऐन नियमावलीमा स्पष्ट किटान नहुँदा यो अवस्था आएको हो । जसका कारण अध्यापन अनुमतिपत्र लिएर बसेका विद्यार्थी आयोगले कहिले विज्ञापन आह्वान गर्ला भन्दै कुरेर बसेका छन् ।

आयोगका अनुसार हालसम्म ७ लाख १७ हजार १०५ जनाले अध्यापन अनुमति पत्र लिएका छन् । प्राथमिक तहअन्तर्गत २ लाख दुई हजार ७१२, निम्न माध्यामिक तहअन्तर्गत ३ लाख ७० हजार १२ र माध्यामिक तहअन्तर्गत एक लाख ४४ हजार ३८१ जनाले अध्यापन अनुमति पत्र प्राप्त गरेको आयोगले जनाएको छ । तीमध्ये केहीले स्थायी पदपूर्तिमा नाम निकालेका छन् ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्