२०८१ मङ्सिर १६ गते आइतवार

दाङ महिला जेसीजको १३ औं पद हस्तान्तण



२४ पुस, घोराही  –दाङ महिला जेसिजले १३ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि वर्ष २०२२ का लागि निर्वाचित टिमलाई पदहस्तान्तरण हस्तान्तरण गरिएको हो ।

जेसीजको एक व्यक्ति एक कार्यकाल अन्तरगत २०२२ का लागि अध्यक्षमा निर्वाचित शारदा घर्तीलाई २०२१ का अध्यक्ष ममता विष्ट डागीले पदहस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी कार्यकारीणी उपाध्यक्ष सुनिता थापा र बसन्ती सुवेदी, उपाध्यक्षमा सरस्वती चौधरी, रोजिना गिरी, मिना भन्डारी र लक्ष्मी घमाल र सचिव संगीता रोकायमा निर्वाचित भएका छन् ।

त्यस्तै स्वास्थ्य संयोजकमा सुमिताकुमारी सिंह, एनजियो/आईएनजिओ संयोजकमा निमा सुनार, सदस्य बृद्धि सभापतिमा सुजन पौडेल, कोषबृद्धि सभापतिमा बसन्ता भण्डारी, तालिम संयोजकमा दिलु मल्ललाई मनोनित गरेको छ । त्यस्तै प्रकरण निर्देशकमा नोमिका चौधरी, शाखा सम्पादकमा अर्चना शर्मा, कोषाध्यक्षमा सिन्धु रिजाल, प्रवक्तामा संगिता गिरी, जनसम्पर्क अधिकारीमा जुनकुमारी बुढा, अध्यक्ष सल्लाहकारमा नमा शर्मा, कानुनि सल्लाहकारमा अनिता ढकाल र महासचिवमा नारायणी भण्डारी चयन हुनुभएको छ ।

दाङ महिला जेसीज वर्ष २०२१ का अध्यक्ष ममता विष्ट डागीको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य कोमल वलीको प्रमुख आतिथ्यता तथा नेपाल जेसीज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष एवं क्षेत्र घ का निरुपित कार्यकारिणी उपाध्यक्ष अनिलबहादुर शाही र संविधान सभा सदस्य राजु खानलको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जेसीजलाई युवाहरूको नेतृत्व र क्षमता बिकाससंगै सामाजिक कार्यमा समेत अघि बढाउनुपर्ने बताएका थिए ।

कार्यक्रम संयोजक मिना भण्डारी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ महिला जेसीज वर्ष २०२१ का महासचिव सुनिता थापाले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्