२०८१ मङ्सिर १६ गते आइतवार

अनलाइनमार्फत हुने ठगीमा सचेत हुन सरकारको आग्रह



२४ पुस, घोराही – सरकारले अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारबाही गर्ने भएको छ । आर्थिक लाभ पु¥याउने प्रलोभनमा पछिल्लो समय अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फस्टाएको भन्दै गृह मन्त्रालयले त्यस्ता कार्य गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

अवैध क्रियाकलापबाट ठगी र असुरक्षा भएको गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले निकालेको विज्ञप्तिमा गाउँ/समाजमा नेटवर्किङ व्यवसाय, अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, बीमा, गेमिङजस्ता गैरकानुनी कार्य फस्टाउँदै गएकाले इजाजत प्राप्त बाहेकका क्रियाकलापको निगरानी र नियन्त्रणको कार्य भइरहेको उल्लेख छ ।

सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिइ अनलाइन वा विद्युतीय कारोबारका नाममा विभिन्न गतिविधि भइरहेको पनि मन्त्रालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्