२०८१ चैत्र १३ गते बुधवार

कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु



२४ पुष । कास्कीको पोखरामा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-१२ की ६२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति करिब १२ बजे मृत्यु भएको हो । उनी मधुमेहका बिरामी पनि थिइन् । उनीमा पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्