२२ मंसिर । विवाहमा दुलहा जन्ती लिएर दुलहीको घरमा जाने गर्छन् । र दुलही लिएर फर्किन्छन् । तर भारतमा यस्तो घटना पनि भयो, दुलहा जन्ती लिएर गए र दुलही नलिई फर्किए ।
दुलही नलिई फर्किनुको कारण भने अनौठो छ । विवाहमा खाना मिठो नभएको भन्दै जन्ती दुलही नलिईकन नै फर्किएका हुन् । विवाहमा खानाको समयमा दुई पक्षबीच विवाद भयो ।
खाना खराब भएको बिषयमा विवाद भएपछि दुलही पक्षले जन्तीलाई रित्तै फर्काइदिए । युपीको अलिगढमा भएको उक्त विवाहमा दुर्व पक्षबीच ठुलो झगडा नै भयो । यो घटना थाना जम्वा इलाको गाउँ समस्तपुर कोटाको हो । उनी बेहुला बनेर गए तर रित्तै फर्किन पर्यो ।
दुई पक्ष नमिलेपछि घटना प्रहरीकोमा पुग्यो । प्रहरीले मिलाउन धेरै कोशिस गर्यो तर दुई पक्ष मिल्न तयार भएनन् । अन्त्यमा बेहुला पक्षले खानाको एक लाख १२ हजार रुपैंया तिरेर जन्ती फर्किए ।
खासमा भोजमा दुलहाका भाईले खानामा केही कम्ती भएको प्रश्न उठाए । यो कुरा दुलहीका भाईलाई मन नपरेपछि झगडा शुरु भएको थियो । झगडा हुँदा दुवै पक्षबीच हात हालाहाल पनि भयो । क्यानाडानेपालबाट साभार