२२ मंसिर । लोकसेवा आयोगको सर्भर ह्याक गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साइबर व्यूरोबाट खटिएको टोलीले पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता (एसएसपी) नवीन्द अर्यालले जानकारी दिए । उनीहरुले सर्भर ह्याक गरेर हजारौं एसएमएस पठाएको बताइएको छ ।
पक्राउ पर्नेमा ललितपुरको सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्कीको पोखरा बस्ने १७ वर्षीय र १५ वर्षीय किशोर रहेका छन् ।
उनीहरुले लोकसेवा आयोगको प्लेटफर्म प्रयोग गरेर विशिष्ट व्यक्ति र कर्पोरेट क्षेत्रका करिब ९ हजारलाई मेसेज पठाएका थिए । सो समूहलाई पक्राउ गर्न व्यूरोले विशेष अप्रेशन ‘ह्याकर हन्ट’ संचालन गरेको जनाइएको छ ।