२०८१ चैत्र ११ गते सोमवार

सल्यानमा आपराधिक घटनाहरुमा बृद्धि



२२ मंसिर ।
सल्यानमा आपराधिक घटनाहरुमा बृद्धि भएको पाइएको छ । कोरोनाका कारण सरकारले घोषणा गरेको लकडाउन देखी हाल सम्मको तथ्यांकलाई हेर्दा अपराधिक गतिबिधिहरुमा बृद्धि भएको पाइएको हो ।

लकडाउन शुरु भएदेखी हाल सम्ममा जिल्लामा ५१ वटा आपराधिक घटनाहरु भएका छन । तर अघिल्लो आर्थक बर्षको सोही अबधिमा ४७ वटा मात्रै आपराधिक घटनाहरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानको संयुक्त आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक गोबिन्द थापाले लकडाउनको अवधिमा भएका आपराधिक गतिबिधिहरुको तथ्यांक सार्वजनिक गर्दै गत बर्षको सोही अबधिको भन्दा धेरै घटनाहरु भएको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्