२०८१ चैत्र १० गते आइतवार

राज तामाङको नृत्य निर्देशनमा रहेको गीत “घैया मकै” चर्चामा



२२ मंसिर । शिवपुरी म्युजिक प्रालिले फेरी अर्को मौलिक लोक दोहोरी गीत भर्खरै बजारमा ल्याएको छ । उक्त गीत रामशरण आले र रामशरण ढकालको संयुक्त प्रस्तुतिमा “घैया मकै” बोलको रहेको छ । प्रस्तुत गीतलाई युट्युबमा सार्बजनिक गरिएको छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नो उच्च रोजाईमा पारिसकेका छन् । गीत टिकटकमा समेत भाइरल बनेको छ ।

रामशरण आले, रामशरण ढकाल र काब्य आचार्यको सुमधुर स्वरबाट सजिएको यस गीतलाई शब्द उनै प्रतिभाका खानि शम्भु नेपालले भरेका हुन् । आमा मनकुमारी र बुबा टिका प्रसाद नेपालको कोखबाट नुवाकोट ककनी गाउ पालिका ६, ३५किलो जुरेथम भदौरेमा जन्मिएका शम्भु नेपाल, पछिल्लो समयमा बजारमा आएका केहि गीतहरुबाट समाजमा बिकृति फैलाई रहेकोले हुनाले यस्ता विकृतिजन्य गीतहरुलाई निरुत्साहित गर्नका निमित्त बिभिन्न मिडिया मार्फत आफ्नो आवाज बुलन्द गरिरहने एक निडर बक्ता पनि हुन् । उनि द्वारा सृजित गीतहरु पनि धेरै बजारमा आइसकेका छन् ।

“घैया मकै” बोलको गीतलाई रामजी थापाले लय भरेका हुन् सर्जक राम्जी मौलिक गीतको नै दिर्घ आयु हुने बिश्वास राख्दछन् । यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग “राज” आरुषी मगर, दिपेश ढकाल र सुजाता भट्टराईको साथै बाल कलाकार पृथ्बी आले र शितल राणाको पनि आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । राज तामाङ्गको नृत्य निर्देशन रहेको “घैया मकै” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन डबिड सिलुवाल “सितारामले गरेका हुन् ।

(भिडियो)

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्