२०८२ बैशाख ९ गते सोमवार

तुलसीपुरमा छुट्टाछुट्टै दुर्घटना हुदा ४ जना घाइते



२२ मसिंर ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तुलसीपुरका ४ जना घाइते भएका छन् । तुलसीपु्मा पिकप जिपले स्कुटीलाई ठक्कर दिदा एक महिला घाइते हुनु भएको छ । बढुवा गाँउ बाट बाहिनीचोक तर्फ हिडेको रा १ च ६१४ नम्बरको पिकप जिपले गुम्राहचोक बाट विरेन्द्र चोक तर्फ हिडेको रा ३ प ६१४३ नम्बरको स्कुटिलाई आज बिहान साढे ९ बजे ठक्कर दिदा वडा नम्बर ६ डुम्री गाउ बस्ने स्कुटि चालक ३५ वर्षिय शान्ता जिसि बस्नेत घाइते भएको प्रहरीले बताएको छ ।

उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । जिप प्रहरीको नियन्त्रणमा रहेको छ । जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

यस्तै रक्षाचौरबाट तुलसीपुर तर्फ हिडेको गरेको लु ६७ प २२९२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको मोटरसाइकल एकआपसमा ठोकिदा रक्षाचौरबाट तुलसीपुर तर्फ हिडेको रा १ ह २४१९ नम्बरको अटोमा ठोकिदा वडा नम्बर ३ रानागाँउका २० वर्षिय दिनेश बोहोरा, वडा नम्बर ७ शिवनगरका २४ वर्षिय सगिंत शाह र अटोमा सवार वडा नम्बर ३ परेखोला निवासी ४० वर्षिय गौमती बुढा घाइते भएको प्रहरीले बताएको छ ।

उनिहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरशेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्