२०८२ बैशाख ९ गते सोमवार

बलात्कारी होस त भन्दै किशोरीहरुद्धारा विरुद्ध प्रर्दशन



२२ कात्तिक । कालो पहिरन सहित आँखामा कालो पट्टि बधेर किशोरीहरुले बलात्कार विरुद्ध प्रर्दशन गरेका छन । शनिबार लुम्विनी प्रदेशको दाङ लगाएत सात वटै प्रदेशका विभिन्न ठाउँमा बलात्कार विरुद्ध प्रर्दशन गरेका हुन ।
सरकार तेरो पाराले दुःख पायो साराले, बलात्कार कहिलेसम्म हामी चुप जहिलेसम्म, अझै कति सहने ? बलात्कारीको लिङ्ग हुदैन,पितृ सत्ताको नियमले हामलाई सधै अन्याय गर्छ, मेरो दोष कसरी, हामी चुप कहिले सम्म, स्टोप रेप जस्ता नारा लेखिएका प्ले कार्ड सहित किशोरीहरु प्रर्दशनमा उत्रिएका हुन् ।
दाङमा भने घोराहीको तुलसीपुर चोक र तुलसीपुर बजारमा प्रर्दशन गरिएको हो ।

साथै सरकार तेरो पाराले दुःख पायो साराले भन्ने गितमा बलात्कारी होस त भन्दै उनिहरुले केहि समय नृत्य समेत प्रर्दशन गरेका हुन् ।देशमा दिनप्रति दिन बढ्दै गईरहेका बलात्कारका घटना न्युनिकरण गर्न र पिडकलाई कडा सजायका साथ कार्वाही गर्न सरकार गम्भिर नदेखिएको भन्दै उनिहरुले ७ किसिमका माग सहित प्रर्दशनमा उत्रिएका हुन् । कानुन र कानुन कार्यान्वयन गराउने निकाय पिडित मैत्री बन्न आवश्यक रहेको उनिहरुको भनाई छ ।
उक्त कार्यक्रम अझै कति सहने नामक समुहले आयोजना गरेको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्