कोरोना चाईनाबाट उत्पत्ती भएको एक भाईरस हो जुन भाईरसले बिश्वब्यापी रुपमा आतंक फैलाईरहेको छ । यो भाईरसको आतंकबाट नेपाल पनि अछुतो छैन चीनमा प्राय गरेर यो नियन्त्रणमा आईसकेको छ तर नेपालमा भने प्रयाप्त मात्रामा उपचार सामाग्री नभएर होला अहिले व्यापक रुपले फैलिदैछ । पहिला पहिला नेपाल मा एकदुई जनामा भाईरस देखिँदा सरकारले कडा लकडाउन गर्यो अनि राहातहरु पनि बाड्यो तर अहिले यो रोगले उग्ररुप लिदैछ ।
लकडाउन पुर्ण रुपले खुल्ला गरेको छ सामाजिक दुरि कायम गरि कामदारहरु लाई काम गर्न भएपनि यो कोरोना को डरले न पहिला जस्तो काम पाईएको छ न गर्न नै सकिने स्थिती मा छ । अब आम नेपाली रोगले भन्दा भोकले मान्छे मर्ने स्थिती आउदैछ । यस्तो बेलामा सरकारले राहत दिने ठाउँमा काठ्मान्डुैंको सडकमा आर्थीक स्थिती कम भएका मजदुरहरु र आपतमा परेकालाई स्थानिय र मनकारी समूहले सित्तैमा खाना खुवाईरहनु भएको थियो तर अब यो गर्न पाईदैन रे । विश्वले नेपाल भिखारीहरुको देश भनेर भन्न लाग्यो भनेर बन्द गराउने तयारीमा छ। के आपत परेको बेला यहि हो र सरकार चलाउने व्यक्तिले गर्ने तरिका ? के यस्तो गर्दा आम मानिसको मन कुडिदैन र ? हे कोरोना अब हामी लाई दया गरि नेपालबाट सदाको लागि त भागिजा ।।
यो रोग फैलिनु मा हामी पनि केही मात्रामा जिम्मेवारी छौ । हामीलाई सरकारले भनेका केही कुराहरुलाई हामी खिल्ली उडाउँछौ जस्तोः तातो पानी बेसार खाएमा यो रोग संग लड्न सक्ने शक्ति पैदा हुन्छ भन्दा हामी सरकारलाई व्याङग्या हान्छौ अनि सरकारले मास्क लगाउनुस भन्छ हामीहरु सुरक्षाकर्मी देखेपछी मात्र लगाउछौ ।
अब यस्तो माहामारी छ केही अस्पतालले बेड खाली छैन भनेर बिरामिहरुलाई फिर्ता पठाईदिन्छ्न अनि कोरोना रोगले भन्दा कोरोना को डरले अन्य रोग भएका रोगीहरु अतालिएर मर्न बाध्य भएका छ्न र कुनै अस्पतालले त कोरोना लागेका बिरामी लाई औषधि उपचार गर्न को लागि धरौटी नै माग गरेका छ्न यदि पैसो भएकाले त धरौटी तिर्लान नभएकाहरु त त्यसै मर्ने त होलानी ,अदालतले निशुल्क औषधि गर्नु भनेको छ, तर किन कार्यान्वयन भएन ?