२१ असोज,घोराही –
घोराहीमा रहेको राप्ती बचत तथा ऋण सहकारी संस्थाको २५ औं स्थापना दिवस मनाईएको छ । आज स्थापना दिवसको अवसरमा संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
संस्थाका अध्यक्ष भरत बहादुर बुढाथोकीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँले वडादशै, शुभदिपावली तथा छट पर्वको अवसरमा सबैमा शुभकामना दिदै नवनिर्मित भवनबाट संस्थाका सदस्यहरुलाई छिटै सेवा प्रवाह गरिने बताउनुुभयो ।।
प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार