२०८१ मङ्सिर २४ गते सोमवार

उपाध्यक्षको हातबाट जुस खाएर डाँगीले भोक हड्ताल तोडे



२१ असोज, घोराही –
दाङको बबई गाउँपालिकामा समग्र विकासको १० बुँदे माग गर्दै ३ दिने भोक हड्तालमा बसेका सामाजिक अभियान्ता भक्त डाँगीले भोक हड्ताल तोड्नुभएको छ । बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माको हातबाट डाँगीले जुस खुवाएर ३ दिने भोक हड्ताल तोड्नुभएको हो ।

डाँगीलाई जुस खुवाउँदै उपाध्यक्ष विश्वकर्माले १० बुँदे मागको सम्बोधन गरिने बताउनुभयो । स्थानीय सरकारमा आफूहरु निर्वाचित भएसंगै गाउँपालिकाको विकासमा ध्यान दिदै आएको तर विभिन्न समस्याका कारण जनताले सोचे झै विकासको अनुभुती गर्न नपाएको बताउनुभयो ।

निकुञ्ज मध्यबर्तीको समस्या, विधुत समस्या, सञ्चार समस्या लगायत विभिन्न जनताका आधारभूत समस्या समाधान गाउँपालिकाले पहल गर्दै आएको बताउनुभयो । बबई गाउँपालिको समग्र विकासको माग गर्दै बबई ७ ढोलपुर निवासी सामाजिक अभियान्ता डाँगीले बबई गाउँपालिकाको प्राङगणमा गत असोज १८ गतेदेखि ध्यानाकर्षण भोक हड्ताल गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्