२०८१ माघ २६ गते शनिवार

सल्यानमा १२ करोडको आलु उत्पादन



२१ असोज, घोराही –
सल्यानको बाँफुखोलाका किसानले आलु खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । आलु खेती गरेरै जिल्लाको बागचौर नगरपालिका ११ र १२ का किसानले यो वर्ष १२ करोडको आलु उत्पादन गरेका हुन् ।

कृषि विकास कार्यालय सल्यानका अनुसार बाँफुखोलामा २ हजार रोपनीमा आलु खेती हुँदै आएको छ । बाँफुखोलाबाट मात्र यस वर्ष १२ करोड रूपैयाँको आलु बाहिर गएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो ।

आलु खेती गरेर एक घरले ५० हजारदेखि ५ लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । यस वर्ष ४५ क्विन्टल आलु बिक्री गरेर १ लाख ४५ हजार आम्दानी गरेको किसान चित्रबहादुर ओलीको भनाइ छ । आलु लगाएको समयमा सुख्खा र खन्ने समयमा लगातार पानी पर्दा यो वर्ष उत्पादन भने धेरै घटेको किसानहरुले बताएका छन् ।।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्