२१ असोज,घोराही –
कोरोना विशेष अस्पताल बेलझुण्डीबाट राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सर्ने भएको छ । ६० बेडको आईसियूसहितको भवन तयार गरी भोलि शुक्रबार उद्घाटन गर्न लागेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएनुभयो।
अस्पतालका व्यवस्थापक वलीका अनुसार २० वेडको आईसीयू, १५ वेडको पिआईसीयू, १५ वेडको एनआईसीयू र १० वेडको एचडियू वेड गरी ६० वेडका तयारी अन्तिम अवस्थामा रहेकोले शुक्रबार उद्घाटन हुन लागेको छ । उद्घाटन भोलि शुक्रबार बिहान ९ बजे हुने भएकोले सम्पूर्णलाई उद्घाटन कार्यक्रममा सहभागी हुन वलीले अनुरोध गर्नुभएको छ ।।
प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार