२१ असोज, घोराही- होटलमा बोलाएर एक पुरुषलाई पैसा नदिए बलात्कारको मुद्दा चलाउने भन्दै १८ लाख मागेको आरोपमा पक्राउ परेका तीन महिलालाई जिल्ला अदालतले धरौटीमा हिरासतमुक्त गरेको छ ।
जिल्ला अदालतले मुख्य आरोपित घोराहीकी ३२ वर्षीया सीतादेवी थापालाई एक लाख ५० हजार , घोराहीकै ३५ वर्षीया खुमा ओलीलाई ८० हजार र ३२ वर्षीया सुषमा परियारलाई ५० हजार धरौटीमा हिरासतमुक्त गरेको हो ।
हनिट्रयापमा पारेर एक पुरुषसँग एकलाख नगद लिइसकेको र थप १७ लाखको चेकसमेत बुझेको अवस्थामा पीडित पुरुषले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि तीनैजना महिलालाई प्रहरीले पक्राउ गरी आपराधिक लाभ लिन नहुने सम्वन्धी कसुर दाबी गर्दै मुद्दा चलाएको छ ।
प्रहरीले असोज ३ गते पत्रकार सम्मेलन गरी तीनैजना महिलालाई सार्वजनिक गरेको थियो । उनीहरुले गत असार ६ गते मुद्दा हेरिदिनुप¥यो भन्दै घोराहीको कोहिनुर होटलमा ती पुरुषलाई बोलाएको र खाजा खाइसकेर फर्किने क्रममा हातपात गर्न खोजेको भन्दै पैसा नदिए बलात्कारको मुद्दा दिने भन्दै धम्काएका थिए ।।