२०८१ चैत्र १३ गते बुधवार

दाङमा थप एक कोरोना संक्रमितको मृत्यु



२२ भदौ,घोराही – दाङका एक कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको भेरी अस्पताल बाँकेमा गयराती मृत्यु भएको हो ।

भदौ ४ गते पीसीआर जाँच गरेर त्यही दिन भेरी अस्पतालमा भर्ना भएकी महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । यो सहित दाङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१३ पुगेको छ ।

यस्तै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार सल्यान दार्मा गाउँपालिका ६ की ३० वर्षीया महिलाका पनि भेरी अस्पतालमा मृत्यु भएको छ । असार १७ गते भेरी अस्पतालमा भर्ना गरिएकी महिलाको गयराती मृत्यु भएको हो ।।

प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्