२०८१ साउन ५ गते शनिवार

अपाङ्गता भएका व्यक्तिलाई होच्याउने शब्द हटाउन माग​



२३ असार, काठमाडाैं- राष्ट्रिय सभाको बैठकमा सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिलाई होच्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाएका छन् ।​

राष्ट्रिय सभाको असार २० गतेको बैठकमा अपाङ्गता भएका व्यक्तिलाई ‘लुला’, ‘लङ्गडा’ शब्द प्रयोग गरेर उनीहरूलाई अपमानित गरिएको उनले बताए । साथै उनले आगामी बैठकमा यस्ता शब्द प्रयोग हुन नदिनेतर्फ संवेदनशील हुन ‘रुलिङ’ को माग गरे ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अपमानजनक शब्द प्रयोग भए/नभएको निर्क्यौल गरी आगामी बैठकमा त्यसबारे जानकारी दिने बताए ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्