२०८१ असोज २४ गते बिहिवार

दाङको राप्ती नदीमा निर्मित पुलको एप्रोचुमा क्षति, यातायात ठप्प



२३ असार,घोराही – दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको एप्रोचुमा बाढीले क्षति पुर्‍याएपछि यातायात ठप्प बनेको छ।

अविरल वर्षातपछि आएको बाढीका कारण पुलको ‘एप्रोच’मा क्षति पुगेपछि यातायातका साधन सञ्चालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुुभयो।

लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा निर्मित सिसहनियाँ पुल जोड्ने हुलाकी मार्गको एप्रोच बाढीले भत्काएको कुरुम्बाङले बताउनुुभयो।

उक्त पुलको लम्बाइ ८६० मिटर र चौढाइ साढे १० मिटर रहेको छ। यो पुल अनक निर्माण सेवाले निर्माण गरेको हो।

आर्थिक वर्ष २०७२र०७३ देखि निर्माण सुरू गरेको कम्पनीले सम्झौताभन्दा अगाडि नै काम सकेको हुँदा निकै प्रशंसा बटुलेको थियो।।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्